अपराध महाशाखालाई ठुलो सफलता, अवैध बिदेशी मुद्राको कनेक्सन खोतल्दै

bidesimudकाठमाडौँ । महानगरिय अपराध महाशाखाले प्रहरीले ४ करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ । महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२ नं को पर्यटक स्कारपियो गाडीबाट दुई महिला र एक पुरुष चिनियाँ नागरिकका साथै सो गाडीको नेपाली चालकलाई नागढुङ्गाबाट पक्राउ गरेको हो ।

 उनीहरुको साथबाट दुई लाख ६० हजार अमेरिकी डलर, एक लाख १८ हजार युरो, केही मात्रामा अस्ट्रेलियन डलर, स्विस डलर र जापानी ऐनसमेत बरामद गरेको महाशाखाका प्रमुख एसएसपी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।   विदेशी रकमको अवैध कारोबार भइरहेको सूचनाको आधारमा उनीहरुलाई ठमेलबाट निगरानी गरी नागढुङ्गामा राति साढे दुई बजे पक्राउ गरिएको एसएसपी खनालले जनाए ।

 पक्राउ पर्ने चिनिया नागरिकहरुमा क्रमश:चाउ लियाङ फङ ,चाङ तोङ फाङ र चौ स्‍लियन तथा नेपाली नागरिक ड्राइभर पेम्बा तामाङ रहेका छन ।

 सो रकम रसुवा नाका हुँदै चीन लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले झोला र सुटकेसमा  फल्स बटम’ बनाई सो रकम लैजान लागेका थिए । प्रहरीले यति ठूलो परिणाममा विदेशी रकमसहित चिनियाँ नागरिक पक्राउ परेको सम्भवतः पहिलो भएको जनाएको छ ।

 यस अघी महाशाखाले दुई सार्ता अघी कलंकीबाट उक्त नाका हुँदै काठमाडौं भित्रिएको ७ किलो अबैध सुन पनि बरामद गरेको थियो । यता,  महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले चीनको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको ना १ ज ४९६४ टाटा सुमोबाट १५ किलो सुनसहित गएराति एकजनालाई पक्राउ गरेको छ । उक्त अबैध सुन र बरामद बिदेशी मुद्राको  कनेक्सन छ कि छैन भन्ने बारेमा थप अनुसन्धान भैरहेको एसएसपी खनालले बताए  ।

प्रतिक्रिया

सम्बन्धित