राजनीतिक संरक्षणमा डनहरु, फेरी इन्काण्टरको चर्चा

manangedonकाठमाडौं । केही दिन यता राजधानीका पुराना गुण्डा नाइकेहरु राजनीतिक संरक्षणमा रहेर फेरी  डनगिरी मै रमाउन थालेको जस्तो मनसायले समाचार आउन थालेपछी प्रहरीले पनि गोप्य रुपमा उनीहरुका गतिबिधी नियाल्न थालेको जनाएको छ  ।

 पुराना डन दिपक मनाङे कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेको र अर्का गुण्डा नाइके मिलन गुरुङ चक्रेलाई नेत्रबिक्रम चन्दले खेलकुदको एक कार्यक्रममा बधाई दिएको तथा आलिसान गजलमा कुख्यात काभ्रेली गुण्डा सन्जिब लामा स्याल कुटिएको जस्ता समाचारहरु अनलाइनमा आउन थालेपछि महानगरिय अपराध महाशाखाले गुण्डा बिरुद्द पुरानै इन्काउन्टरको शैली अपनाउन लागेको चर्चा चलेको छ ।

  ठमेल क्षेत्रलाई आधार ईलाका बनाएर गुण्डागर्दी गर्दै आएका मनाङे दर्जनौ पटक जेल परिसकेका छन् । गत असार १७ गते काठमाडौं प्रहरीले संगठीत अपराध मुद्दामा पक्राउ गरेर मनाङेमाथि ६० दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।dondawa

केही समय पुर्पक्षका लागी डिल्लीबजार कारगारमा थुनिएका मनाङे तिहारअघि छुटेका थिए । मनाङेको अकुत सम्पत्ति बारेको मुद्दा समेत विशेष अदालतमा चलिरहेको छ ।

 डलर लुटेरा हुँदै ठेकेदार बनेका काजी शेर्पालाई गत साता महाशाखाले पक्राउ गरिसकेको छ भने काभ्रेली समूहका डन गणेश लामा भूमिगत बनेपछि उनका सहयोगी दावा लामाले  जबर्जस्ती अरबौंका टेण्डर कब्जा गरी गणेशको ठाउँ लिन लागि परेको सुचना पनि महाशाखाले प्राप्त गरेको महाशाखाका एक प्रहरी अधिकारीले वताए ।

 कांग्रेसको संरक्षणमा रहेका दावाले ठेक्का कब्जा गर्न, व्यापारीबाट रकम असुली गर्न र अन्य गुण्डाका समूह तह लगाउन करिब २५ जना गुण्डाको समूहलाई परिचालन गरेको सूचना आएको महानगरिय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकारीले बताए ।

यसअघि एमालेका गुण्डा दिनेश अधिकारी 'चरी' र कांग्रेसका  गुण्डा कुमार घैंटेलाई इन्काउण्टर गरी महाशाखाले राजधानीलाई गुण्डागर्दी विहीन बनाएको दावी गरेको थियो।

????????????????????????????????????

फेरी गुण्डागर्दी र दादागिरीको आतंक बढ्न थालेपछि प्रहरीले फेरी इन्काण्टर अभियान रोज्न लागेको प्रहरी अधिकारीहरु बताउँछन्।

  महाशाखाका प्रमुख  एसएसपी सर्वेन्द्र खनालले भने - ' नाम चलेका गुण्डा हुन वा जो सुकै हुन राजनीतिक छहारी रोजेर गुण्डागर्दी गरी ठेक्का कब्जा गर्ने, धम्क्याउने, व्यापारीबाट रकम असुली जस्ता गैरकानुनी हर्कत गर्ने र त्यस्तो सोचाइ  पालेर बसेका छन् भने प्रहरी चुप लागेर बस्दैन।' प्रहरीले गुण्डाका गतिबिधीहरु आफ्नै ढंगले नियालिरहेको एसएसपी खनालले वताए ।

प्रतिक्रिया

सम्बन्धित