क्रोएसिया पठाईदिन्छु भन्दै ६ लाख ठग्ने दाहाल पक्राउ

Pakrau
काठमाडौं ।
क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाख रुपैयाँ सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई पक्राउ गरेको हो ।

दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको जनाएको छ । बुधबार पक्राउ गरिएको उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित