नेपालमा एकैदिन ३ संक्रमितको मृत्यु, थप ४४४ जनामा कोरोना पुष्टी,

Corona_Test

काठमाडौं । नेपालमा गत २४ घन्टामा ४४४ जना कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४९५४ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ३०७ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा गत २४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा ११ हजार ९९८ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार अहिलेको अवस्थामा देशभर ४१९९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित