सुन काण्डमा विमानस्थल भन्सारका दुई अधिकृत पक्राउ

sunnewकाठमाण्डौ । ३४ किलो सुन काण्डमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारका दुई अधिकृतलाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा  भन्सारका तथ्याङ्क अधिकृत श्रीनारायण यादब र भन्सार अधिकृत राजकुमार ढकाल रहेका छन् । सिआईबी स्रोतका अनुसार अधिकृतद्वय यादव र ढकाल सुन तस्करीको सम्पर्कमा रहेकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

 यादव र ढकालको सुन तस्करसँग मिलेमतो देखिएकाले थप अनुसन्धान पक्राउ गरेको सीआईबी स्रोतले बताएको छ । सीआईबीले पहिला सुनको मालिक पक्राउ गर्ने पछि यसमा साथ दिने कर्मचारीलाई समेत कार्वाहीको दायरमा ल्याउने बताइरहेको छ । दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन बिमानस्थलको भन्सारबाट पास भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित