सांसदसहित सयौंलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली धनगढी आउँदै

KP Oli_1

धनगढी । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) सुदूरपश्चिम आउने भएका छन्।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’लाई सम्बोधन गर्न ओली आउन लागेका हुन्।

उक्त अवसरमा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गराउनका लागि एमाले अध्यक्ष ओली धनगढी आउन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित