देशभर १७५ संक्रमणमुक्त हुँदा थप २७१ मा कोरोना पुष्टी

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २७१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरका विभिन्न प्रयोगशालामा ३९२० नमूना परिक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १७५ जना संक्रमणमुक्त भएका छन् भने १ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या ३१ सय ९४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित