आज पनि बयान दिँदै निलम्बित प्रधानन्यायाधीश जबरा

cholendra-jawaf

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ। हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो।

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई पाँच प्रश्न सोधिएको थियो।

समितिका एक सदस्यका अनुसार उनलाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ। तीमध्ये हिजो पाँच प्रश्नमा सवाल–जवाफ गरिएको छ। सवाल–जवाफका क्रममा जबराले आफूले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पाँचैजना न्यायाधीशलाई महाअभियोग लगाइदिन आग्रह गरेको खुलासा गरेका छन्।

उनले ओलीसँग आफूले हात जोडेर संवैधानिक इजलासमा राख्नुपर्ने न्यायाधीशलाई राख्न नसकेको र राख्नुनपर्ने न्यायाधीशलाई राख्नुपरेको जानकारी गराएको पनि बताएका छन्।

उनले ९९ प्रतिशत जनताका मुद्दामा निष्पक्ष भएर काम गरेको र कुनै कमजोरी नरहेको भन्दै राजनीतिक मुद्दामा भने त्यसो हुन नसेको बताएका छन्। जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ।

प्रतिक्रिया

सम्बन्धित