एमाले कैलालीका पूर्वअध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश

unmukti

धनगढी । एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेशकमिटीले थापालाई २४ असारमा अध्यक्ष पदबाट हटाएको थियो । एमालेबाट कारबाहीमा परेका थापा बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्तिपार्टीमा लागेका हुन् ।

उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद कैयालाल चौधरी पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेको सो पार्टीका नेता लक्ष्मण थारुले बताए । 

‘कैलालीमा कांग्रेस र एमालेबाट धेरै नेता कार्यकर्ता उन्मुक्ति पार्टीमाप्रवेश गर्दैछन्,’ उनले भने, ‘अहिले उहाँहरूका मागका विषयमा छलफल भइरहेको छ।’ आगामी निर्वाचनबाट नागरिक उन्मुक्ति पार्टी देशको वैकल्पिक शक्ति बन्ने दाबी गरेका उनले प्रदेश, ५, ७ र २ मा आफ्नो पार्टीको सरकार बन्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित