इन्टरपोलको सम्मेलनपछि आईजीपी विदामा बस्ने

IGP-Aryalकाठमाडौं । विश्व प्रहरी संगठन इन्टरपोलको क्षेत्रीय सम्मेलन नेपालमा हुँदैछ । नेपाल प्रहरीको आयोजनामा इन्टरपोलको एसिया प्यासेफिक सम्मेलन माघ ५–७ (जनवरी १८–२० तारेख) सम्म काठमाडौंमा हुन लागेको हो ।

 एसिया प्रशान्त क्षेत्रका ५३ देशका प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा नेपाल प्रहरीका प्रमुख आईजीपी उपेन्द्रकान्त अर्यालले मानव वेचविखन विरुद्ध नेपालले चालेको कदम, संगठित अपराध र साइबर अपराध लगायतका विषयहरुमाथि कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । नेपाल इन्टरपोलको सदस्य राष्ट्र भए पनि नेपालमा २७ वर्षसम्म अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको क्षेत्रीय कार्यक्रम आयोजना हुन सकेको थिएन ।

 उक्त सम्मेलन नजिकिंदै गर्दा काठमाडौंको विमानस्थबाट अबैध रुपमा ३४ किलो सुन बाहिरिएको घटनाले नेपाल प्रहरीको साख गिरेको छ । इन्टरपोलको सम्मेलनमा नेपालको एयपोर्ट नै तस्करीको केन्द्रविन्दु भएको कुरा कसैले उठाएको खण्डमा आफुले के जवाफ दिने भन्ने विषयले आईजीपी अर्याललाई सताउन थालेको हेडक्वार्टरमा चर्चा छ ।त्यसो त इन्टरपोलको सम्मेलन नभएको भए उनी अवकाश पाउनु एक महिना अघि विदामा बस्थे । स्रोतका अनुसार इन्टरपोलको सम्मेलन सकिए लगत्तै आईजीपी अर्याल माघ ८ देखि नै विदामा बस्ने तयारीमा छन् ।

 यसअघि तत्कालिन आईजीपी कुवेरसिंह रानाले अर्याललाई निमित्त आईजीपीको कार्यभार सुम्पेर बिदामा बसेका थिए । अर्यालले २०७३ फागुन ३ गते अवकाश पाउँदैछन् । प्रहरीमा अवकाश पाउनु एक महिना अघि विदामा बस्ने प्रचलन छ । अर्यालसँगै हालका एआईजीहरुले अवकाश पाउँदैछन् । उनले कसलाई निमित्त दिन्छन् त्यो भने खुल्न सकेको छैन । यूनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित