महाभियोग सिफारिस समितिको बैठक बस्दै, आज पनि बयान दिँदै चोलेन्द्र

cholendra-jawaf

 

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । आज तेस्रो दिन पनि जबराले समितिमा उठेका प्रश्नको उत्तर दिने जनाइएको छ ।

बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थयो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ११ पुन: बयान हुने जानकारी दिएका थिए  ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । प्रश्नहरु लामो भएकाले समय लागेको बताइएको छ । 

तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन् । 

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित