सातौं प्रश्नसहित सुरू भयो चोलेन्द्रको तेस्रो दिनको बयान
काठमाडाैं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तेस्रो दिनको बयान दिन शुरू गरेका छन् ।
प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिमा उनले तेस्रो दिनको बयान शुरू गरेका हुन् । भदौ १५ र १६ गते महाभियोग सिफारिश समितिमा चोलेन्द्रले बयान दिइसकेका छन् ।
जेष्ठताकोआधारमा समितिको सभापतित्व गरिरहेका कांग्रेस नेता रामबहादुर विष्टकाअनुसार समितिले तयार गरेका ४३ मध्ये ६ वटा प्रश्नको जवाफ दिएका छन् ।
आइतवार सातौं प्रश्नबाट बयान शुरू भएको छ ।
पहिलो दिनको बयानमा चोलेन्द्रले अन्य न्यायाधीश, राजनीतिक दलका नेता र केही वरिष्ठ वकिलको पोल खोलेका थिए ।
यसअघि व्याख्यात्मक जवाफ दिएकोले अब तथ्यगत जवाफ दिन आग्रह गरिने समितिका एक सदस्यले बताए ।
चोलेन्द्रविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो ।
६ महिना देखि महाभियोग सामना गरिरहेका चोलेन्द्रले महाभियोग प्रस्ताव निष्कृय भइसकेको दावी गरेका छन् ।
प्रतिक्रिया