खुंखार लुटेरा टिका थापा मगर अपराध महाशाखाको पञ्जामा

luterकाठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले खुंखार लुटेरा  सागर भन्ने टिका थापा मगरलाई  पक्राउ गरेको छ । श्रृंखलाबद्ध चोरीमा संलग्न मगर १० वर्ष अघी नै  डाँका मुद्दामा पक्राउ परेका थिए ।  ६ पटक पक्राउ परेका मगर धरौटीमा छुट्ने वा केही समय जेल बस्ने गरेका थिए । पछिल्लो पटक बानेश्वरको हृवाइट हाउस अगाडि सरस्वती आचार्यको झण्डै १९ लाख चोरेको आरोपमा ७ असार २०७२ मा चोरी तथा डाँका मुद्दामा उनी पक्राउ परेका थिए ।

 तर, २६ लाख धरौटीमा छुटे लगत्तै फेरि चोरीमा सक्रिय भए। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार पछिल्लो पटक उनी १४ वटा चोरीका घटनामा संलग्न देखिएका छन् । उनी बैंक तथा मनी ट्रान्सफरबाट रकम निकालेहरुको रकम चोरी र मोटरसाइकल तथा गाडी चोरीका घटनामा पनि संलग्न छन्  ।

 मोटरसाइकलको प्रयोग गरेर विभिन्न बैंक तथा मनी ट्रान्सफरबाट रकम निकालेका मानिसलाई पिछा गर्ने र एकान्त स्थान पारी रकम लुटेर भाग्ने उनको धन्दा नै हो । 'यसको ठूलो ग्याङ पनि देखिएको छैन, एकजना सहयोगी लिने र चोरी गर्ने गरेको पाइएको छ ।’-खनालले भने ।

 कात्तिक ८ गते बनेपामा कन्ट्री डेभलपमेन्ट बैंकमा जम्मा गर्न लान लागेको ३७ लाख रुपैयाँ चोर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसको १० दिनपछि भक्तपुरको राधेराधे मन्दिर नजिक मायादेवी उप्रेतीको ९३ हजार पनि उनैले लुटे ।

 मंसिर ५ गते कटुन्जेको एक मनी ट्रान्सफरबाट ३ हजार ६६९ रकम लिकालेर जाँदै गरेकी सुस्मिता सुवेदीको रकम लुटपाट घटनामा पनि  थापाकै संलग्नता देखिएको छ । मगरले मंसिर १९ गते पवित्र नगरमा यमकला भण्डारीले सहकारीबाट निकालेको ३ लाख ६० हजार लुटेका थिए । मगरलाई   जबर्जस्ती चोरीमुद्धामा आवश्यक कानूनी  कारवाहीको लागि महानगरिय ठिमी बृत  पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित