प्रहरीको आन्तरिक खिचातानीको जगमा दलालहरुको रोजीरोटी बढ्दो

समाचार टिप्पणी

राधाकृष्ण देउजा,

deaujar नेपाल प्रहरीको नेतृत्व परिवर्तनको समय नजिकिदै जाँदा विद्धमान नियमावली अनुसार आइजीपी हुन योग्यता पुगेकाहरु आफ्नो आफ्नो हिसावले लागिरहेकै छन् ।

   जस्लाइ अस्वाभाविक भन्न मिल्दैन तर यही दौरान केहि नहुनु पर्ने विषयहरुको चर्चाहरु पनि भैरहेको देखिन्छ भने महत्वहीन विषयहरुले पनि महत्व पाइरहेको देखिएको छ  ।

 अनी गलत गर्नेहरुलाइ ठिक ठाउँमा ल्याउन भुमिका खेल्नु पर्ने प्रहरी संगठनको आइजीपी हुन्छु भन्ने सपना वोकेकाहरु मध्यका केहि शक्ती केन्द्रलाइ पैसाको लोभ देखाउने देखि म आइजीपी भएँ भने त अहिलेसम्म कहिले नभएको जस्तो हिसावले प्रहरीमा शक्ती केन्द्रको पकड बढाउन सारथी बन्छु भनेको पनि सुनिएको छ ।

 यस्ता खेलहरु निन्दनीय छन ।  र,  यस्ता खेलहरु कमसेकम आफुलाइ व्यवसायिक हुँ भन्नेहरुले गर्नु हुदैन। साथै,संगठनको आइजीपी प्रतिष्पर्धी मध्यमा एक जना हुने हो र हुन नसक्नेले चित्त  नबुझेपनि भएको आइजीपीलाइ सहयोग गर्नुपर्छ ।

  त्यसैले अहिले प्रतिस्पर्धाकै यस चरणमा कसैको व्यक्तीगत मानमर्दन टिप्पणी गर्ने , अनि व्यक्तीगत विषयहरुमा ठाउँ कुठाउँ टिक्का टिप्पणी गर्दै हिडने वा भएको सुन्दा खुसी हुने कुराले भोलीको उज्यालो बिहानीको संकेत गर्दैन ।

  आइजीपी छनोटको समयमा देखिने प्रतिस्पर्धा केवल प्रतिस्पर्धा नभएर दुष्मनी बराबर हुने कुराले प्रहरीका कतिपय आइजीपीको कार्यकाललाइ उपलव्धि शुन्य बनाएको छ भन्ने सत्य मात्रै हैन आइजीपीसंग सम्वन्ध सुमधुर नहुँदा कैयौं दिग्गज ठानिएका एआइजीपीहरु भुमिका विहिन रहनु परेको र अपमानित भएर बस्न परेको यथार्थको समेत स्मरण गर्नु बान्छनीय हुनेछ।

  अझै त्यसभन्दा पनि ज्यादा प्रतिस्पर्धाले जन्माएको दुश्मनीले प्रहरी संगठनको प्रभावकारितामा कस्तो नकारात्मक प्रभाव पार्ने गरेको छ ?  संगठनको आन्तरिक खिचातानीको जगमा कति दलालहरुको रोजीरोटी  चलेको छ ?  यसको पनि ख्याल गर्दै स्वस्थ प्रतिस्पर्धाको प्रतिज्ञा हुनु पर्ने अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित