प्रचण्डले भने- महतो,राजपा,ठाकुर,गच्छदार जे–जे नाम भए पनि सबै काँग्रेस नै हुन्

 चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकताले नेपाली काँग्रेसलाई फाइदा पुगेको वताएका छन् ।चितवनको भरतपुर महानगरपालिका–९ धारेचोकमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले फाइदा हुँदाहुँदै पनि धन्यवाद दिनुको साटो काँग्रेसले जनतामा भ्रम फैलाएको आरोप लगाए ।

  अध्यक्ष प्रचण्डले काँग्रेसबाट फुटेर गएका मधेश केन्द्रित दलहरु फेरि काँग्रेसमा आएको भन्दै कम्युनिष्ट शासनको बारेमा गलत सन्देश नफैलाउन आग्रह गरे ।

 'कम्युनिष्टहरु देशको समृद्धि र विकासको पक्षमा रहेकाले तपाईँहरु पनि मिल्नुहोस् भनेकै हो, विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो र राजपासँग पनि मिल्नुस्'–अध्यक्ष प्रचण्डले भने , 'जे–जे नाम भए पनि सबै पार्टी काँग्रेस नै हुन् ।'

 अध्यक्ष प्रचण्डले प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको काँग्रेसले प्रतिगमन र राजतन्त्रको वकालत गर्ने राप्रपालाई समर्थन गर्नु दुःखद् भएको विचार व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित