आलिसनमा स्याल कराउँदा यसरी टाउको फुट्यो

aleकाठमाडौं । कांग्रेस नेता तथा स्वास्थ्य मन्त्री गगन थापा गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई संरक्षण गरेकोमा बेला बेलामा विवादमा आउँछन् । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेको पक्षमा बोलेर विवादमा आएका उनको नाम पछिल्लो समयमा काभ्रेका गुन्डा नाइके संजीव लामा ‘स्याल’सँग जोडिने गरेको छ । केही महिनाअघि तरुण दलका केन्द्रीय सदस्य महेश खरेलमाथि स्यालकै नेतृत्वमा आक्रमण भएको थियो । खरेल शेरबहादुर देउवा प्यानल र स्याल कृष्णप्रसाद सिटौला प्यानलमा भएकाले उनीहरुबीच पटक–पटक झगडा हुँदै आएको काभ्रे कांग्रेसका कार्यकर्ताले दृष्टिलाई बताएको छ । बारम्बार झगडामा संलग्न हुँदै आएका संजीवमाथि नै गत साता आक्रमण भएको छ । तर, घटनालाई गुपचुप राखिएको छ । कमलादीस्थित आलिसन रेष्टुरेन्टमा उनीमाथि गत बुधबार बेलुका कुटपिट भएको थियो । मदिरा पिएर झगडा गरेको आरोपमा उनीमाथि कुटपिट भएको हो । उनको टाउकोमा चोट लागेको छ ।  स्रोतका अनुसार रेष्टुरेन्टकै बाउन्सरहरुले उनीमाथि कुटपिट गरेका हुन् । रेष्टुरेन्टका मालिक सिद्ध गुरुङले आफू पनि फस्ने देखेपछि घटना गुपचुप बनाएका हुन् । प्रहरीलाई घटनाको बारेमा कुनै जानकारी दिइएको छैन । दृष्‍टि साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित