रिहाइको नाममा विद्यालय बन्द गर्ने कस्तो चलन ?

school-closedकाठमाडौं : विप्लव निकट माओवादीको विद्यार्थी संगठनले लोकमानसिंह कार्कीमाथि कोलोमोसो दल्ने दुई विद्यार्थीहरुलाई रिहाइको माग गर्दै शैक्षिक हडताल गरेपछि आज राजधानी लगायत देशभरिका अधिकांश शैक्षिक संस्थाहरु बन्द छन् । विभिन्न बहानामा हुने यस्ता हड्तालका कारण  लाखौं बालबालिकाको पठन–पाठन अवरुद्ध भएको छ । गत पुस ७ गते लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतको परिसरभित्रै कालोमोसो दल्ने आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी रिहा नगरेकाले मंगलबार एक दिन देशव्यापी शैक्षिक हड्तालको आह्वान गरेको विप्लव माओवादी निकट विद्यार्थी संगठनले बताएको छ । आफ्ना कार्यकर्ताले नेपालका भ्रष्टाचारीलाई कालोमोसो दलेर कारवाही गर्दा प्रहरीले दुई विद्यार्थीलाई थुनामा राखेकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जनाएको छ । सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई कालो मोसो दल्ने दुईजनालाई अदालतको अवहेलनामा एक महिना जेल सजाय सुनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता प्रकाश शाही र चन्द्र बुढाले लोकमानसिंहलाई कालोमोसो दलेका थिए । सर्वोच्च अदालतमा बयानका लागि गएका कार्कीमाथि शाही र बुढाले हातपात गर्दै पुस ७ गते कालो मोसो दलेका थिए । उनीहरुलाई प्रहरीले अदालत परिसरबाटै तत्काल नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित