राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

rpp

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणा पत्रलगायतका विषयमा छलफल हुनेछ । 

एक साताभित्र निर्वाचन आयोगमा बुझाउनु पर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित