चिनियाँ नेता झान्सु स्वदेश फर्कँदै

Li-Chansu-Nepal-Visit

 

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्सु आज स्वदेश फर्कने कार्यक्रम छ ।

सोमबार नेपाल आएलगत्तैदेखि उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय ली आज बिहान विशेष विमानमार्फत स्वदेश फर्किन लागेका हुन् ।

सोमबार काठमाडौं अवतरण गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

चार दिने नेपाल भ्रमणका रहेका उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले भक्तपुर दरबार स्क्वायर परिसरको पनि भ्रमण गरेका थिए ।

मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग भएको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित