डिआइजी चन्द भारत जाँदा किन भयो खैलाबैला ?

digcghandकाठमाडौं ।  लागु औषध नियन्त्रण व्युरोका प्रमुख डिआइजी जयबहादुर चन्द धार्मिक कामका लागि भारत जाँदा खैलाबैला मच्चिएको छ । ४ दिनको व्यक्तिगत बिदा स्वीकृत गरेर भारतको हरिद्वारमा धार्मिक कार्यका लागि जाँदा उनको भ्रमणलाई लिएर  आतंक मच्चिएको हो ।

 भावि अाइजीपीको लविङ गर्न चन्द भारतमा राजनीतिक लविङका लागि गएको भन्दै केहि सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएको थियो । डिआइजी चन्दले आफु भारतको हरिद्वारमा धार्मीक कार्यका लागि जान लागेको प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललाई समेत जानकारी गराइसकेको वताएका  छन् ।

 डिआइजी चन्द सोमबार साझ ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गरेका छन् । यसअघि सोमबार बिहान मौसम खराबीका कारण उडान रद्द भएको थियो । केहि अनलाइनले डिआइजी चन्दले भावि अाइजीपीको लविङका लागि उनी भारत भ्रमणमा गएको समाचार लेखेका थिए ।

 चन्दले आफ्नो प्रतिकृया नलिई एकतर्फी समाचार छापिएको भन्दै आपत्ति समेत जनाएका छन् । उनले पत्रकारलाई व्यावसायीक पत्रकारीताको धर्म निर्वाह गर्न समेत आग्रह गरे । अन्तराष्ट्रिय लागु औषध गिरोहलाई पक्राउ गरेर चर्चामा आएका चन्द प्रहरी संगठनमा विवादरहित डिआइजीका रुपमा चिनिन्छन् ।  डिआइजी चन्द ४ दिनपछि भारतबाट स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

सम्बन्धित