दुई करोडको झट्काले ज्वाँई र ससुराबीच खटपट ?

kedar-and-gareshकाठमाडौं विगत लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा कार्यरत रहे पनि कुनै मन्त्रीले नपत्याएका कारण सिन्को भाँच्न नसकेका डा. केदार नरसिंह केसीको चुरीफुरीको पारो जतिखेर बढ्ढो, त्यतिखेर उनका ज्वाँई चर्चित युवा नेता गगन थापा स्वास्थ्य मन्त्री बने ।

 गत शनिबार विपी स्मृति सहकारी संस्था अन्तर्गतको विपी स्मृति अस्पतालको कार्यकारी समितिको दोस्रो कार्यकालमा सर्वसम्मत भएपछि डा. केसीले स्वास्थ्य मन्त्रालयबाट सात करोड रकम हात पारिसकेका छन् ।

 ज्वाँई मन्त्री भएको मौका छोपेर केसीले मन्त्रालयबाट अनुदान स्वरुप अस्पतालका लागि भन्दै उक्त सात करोड रुपैयाँको कागजी रुपमा टेण्डर गरेर हात पारि सकेका छन् । जुन कुरा स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई बाँडेको रकमको विवरण हेर्दा पनि थाहा हुन्छ ।

 डा. केसीले विपी स्मृति अस्पताल बसुन्धाराका लागि भनेर लिएको उक्त रकम हात पार्नका लागि आफू निकटकालाई टेण्डर हाल्न लगाएकोमा अहिलेसम्म पनि अस्पतालमा कुनै पनि सामाग्री मगाएका छैनन् । स्वास्थ्य मन्त्रालयको असोजको मन्त्रालय, कात्तिकको विभाग, मंसिरको क्षेत्र र पुसको जिल्ला स्तरिय सरुवामा स्वास्थ्य मन्त्री थापाकहाँ भन्दा उनको काइला ससुरा डा. केसीकहाँ स्वास्थ्यका कमाउ अड्डामा जाने कर्मचारीहरुको घुँइचो लागेको थियो ।

 राजधानी आसपासका जिल्लाहरुबाट सम्बन्धित जिल्लाको ‘फोकल पर्सन’ मा सरुवा हुनेहरुबाट कोशेली लिएर अन्तिम नामावली बनाउँदै डा. केसीले गुड फ्राइडे भन्दै ज्वाँई र छोरीलाई बोलाएर खाना खुवाउँदै उक्त नामावली दिएर जसरी पनि सरुवा गर्न निर्देशन दिएको समेत स्रोतको दावी छ ।

 गत आइतबार मात्र डा. केदारनरसिंह केसीले डा. नरेशप्रताप केसीलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाउन मन्त्रीकहाँ सिफारिस गरेपनि अन्तिम समयमा आएर काइला ससुराको बानी व्यहोरा राम्रोसँग बुझेका मन्त्री थापाले डा. कसीलाई व्यवस्थापन महाशाखाबाट सरुवा गरेर परिवार स्वास्थ्य महाशाखामा पु¥याएका छन् । डा. नरेशलाई डिजी बनाउन डा. केसीले दुइ करोडसम्म बार्गेनिङ गरेको मानसिंह लोकतान्त्रिक चोक मनमैजुमा चर्चा चलेपछि मन्त्री थापा पछि हटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित