आजको मौसम, देशैभर सामान्य बदलीसहित केही ठाउँमा मध्यम वर्षा

mausam_fani

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै  भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको प्रदेश १, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्यतया  बदली   रहेको छ।

प्रदेश १, मधेश प्रदेश, कर्णाली, सुदूरपश्चिम, बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

शनिबार देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेश प्रदेश,  लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आइतबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै सोमबार देशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १ र मधेश प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित