सक्कली सुनको नक्कली कारोबार गर्ने चितवन प्रहरीको फन्दामा

goldcrimeचितवन । सक्कली सुनको सिक्का देखाई विभिन्न व्यक्तिहरुलाई सस्तोमा सक्कली सुन दिने भनी प्रलोभनमा पारी ठगी गर्ने व्यक्तिहरु चितवन प्रहरीको फन्दामा परेका छन् ।

४ दिन देखी रेवा होटल लायन्सचोकमा वस्दै आएका उद्धव पौडेल र लम्जुङ्ग भरते होटल पोखरा बसपार्कमा १ महिना अघि देखि बस्दै आएका विरबहादुर तामाङले आफुहरुसँग सुनको पार्टी छ भन्दै विभिन्न व्यक्तिहरुलाई प्रभावमा पारेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

पौडेल र तामाङले बार्गेनिङ गरी कारोवारका लागि भन्दै भरतपुर–१० चौविसकोठीमा बोलाएर ठगी गरेका थिए ।  जिल्ला प्रहरी कार्यालय चितवनको बिशेष टोलीले बिरेन्द्र क्याम्पस चोकबाट ३ जना लाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान थालेको छ ।

सोहि क्रममा पक्राउ परेका धनपति भट्टराईको समुहले समेत अर्को पार्टीलाई १ तोला सक्कली सुन देखाए ठगी गर्दै आएको खुलेको छ । यी समूहले पहिलो पटक सक्कली सुनको कारोवार गरी पार्टीलाई विश्वास दिलाउने र दोश्रा पटक नक्कली सुन कारोवार गर्ने वा एकान्तमा कारोवार गर्ने भनि अर्को पार्टीलाई झुक्याई सक्कली पैसासँग नक्कली पैसा साटेर ठगी गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित