संसद अवरोध गर्न एमालेसँग प्रचण्डको सहमति !

PRACHANDA_NEPAL_268477eचितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयक पेश गर्ने क्रममा संसदमा एमालेले गरेको विरोध सहमति अनुसार नै भएको दाबी गरेका छन् । एमालेले संसदमा अवरोध गर्ने र सरकारले संशोधन प्रक्रिया अघि बढाउने सहमति भएको भन्दै उनले बाहिर राजनीतिक किचलो जस्तो देखिए पनि आन्तरिक रुपमा सबै कुरा मिलिसकेको दाबी गरेका छन् । प्रेस सेन्टर चितवनले सोमबार भरतपुरमा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले पहिला जस्तो सजिलै राजीनामा नदिने पनि बताए । संविधानको पूर्ण कार्यान्वयन गरेरमात्रै सरकार छाड्ने उनको भनाई थियो । ‘म पहिलाको जस्तो सजिलै राजीनामा दिनेछैन, तपाईं हेर्दै जानुस् कति समय जान्छ,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दहालले भने–‘समय अवधिको कुरा मात्रै होइन, काम पनि हेर्नुपर्छ । हामीले काम गर्दै गएका छौं ।’आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको ‘वान टु वान’ वार्तामा समझदारी कायम गर्दै अघि बढ्ने सहमति भएको उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित