टुकुचा उत्खननको कार्य आज पनि

ttt

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खननको काम सोमबार पनि जारी राखेको छ । केही समयअघिदेखि महानगरले जयनेपाल हलदेखि कमलादी काठमाडौं प्लाजासम्म भूमिगत रुपमा रहेको टुकुचाको उत्खननको काम सुरु गरेको हो ।

महानगरले अहिलेसम्म सो खण्डमा चार ठाउँमा खनेर टुकुचा खोला पत्ता लगाएको छ । महानगरविरुद्ध उक्त क्षेत्रका केही व्यक्तिले भवन भत्काउनका लागि रिट दायर गरेपछि उच्च अदालत पाटनले तत्काल भवन नभत्काउनका लागि अल्पकालिन आदेश दिएको छ ।

अदालतले भवन नभत्काउन आदेश दिए पनि महानगरले अहिले टुकुचा खोला पत्ता लगाउनका लागि आज डोजर लिएर गएको छ । यसअघि हिजो महानगरले सिद्धार्थ बैंकको पार्किङमा पनि खनेर टुकुचा पत्ता लगाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित