न्यायालय पनि माफियाको कब्जामा छः सुवाल

Prem Suwal

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले न्यायाधीश र वकिलको कब्जामा न्यायालय रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा सोमबार भक्तपुरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै सचिव सुवालले यस्तो बताएका हुन् ।

‘जसरी भू–माफिया, बन माफिया, बैंक माफिया हुन्छ, त्यसरी नै न्यायालय पनि माफियाको कब्जामा छ’ , उनले भने,’न्यायालय पनि सेटिङ‍मै चल्ने गरेको छ।’

उनले चोलेन्द्र शमशेर जबरालाई अदालत फर्कन दिन नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित