देशभर १६० संक्रमणमुक्त हुँदा थप ७४ मा कोरोना पुष्टी

Corona_Test

 

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४ नयाँ कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ३९ र एन्टिजेन परीक्षणबाट ३५ जनामा कोरोना पुष्टि भएको हो।

२४ घण्टामा १५३५ पीसीआर र १९७७ एन्टिजेन गरी ३५१२ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

१६० जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १६१९ रहेको मन्त्रालयले जानकारी दिएको छ।

यस मध्ये १५५८ होम आइसोलेसनमा रहँदा ६१ जना संस्थागत आइसोलेसनमा छन्। १९ जना आइसीयूमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित