हामीले गल्ती स्वीकार्नै पर्छ : नेपाल

madhavकाठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्ति गर्नु आफूहरुको गल्ती भएको स्वीकारेका छन् । एमालेका नेताहरुले यसमा गल्ती भयो भनेर सार्वजनिकरुपमा स्वीकार गरिसकेको उनले बताएका छन् । नेपालले अयोग्य ब्यक्तिलाई नियुक्ति गरेर अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल, सुशील कोइराला र एमालेकै केही नेताहरुले गम्भीर गल्ती गरेको बताए । इटहरीमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पछिल्लो राजनीतिक गतिविधिले अब राजनीतिले गति लिन थालेको संकेतको रुपमा बुझ्न उनले आग्रह गरे । संविधान संसोधनको चौतर्फी विरोध भइरहेको बेला सभामुखले संशोधन विधेयक छलफलका लागि टेबुल गर्नु ‘रुलिङ’ विपरीत भएको उनको भनाई थियो । संविधान संसोधनमा प्रधानमन्त्रीले देखाएको हतारो कतैबाट निर्देशित त छैन भन्ने शंका हुन् थालेको बताउँदै नेपालले भने–‘नेपालको स्वाभिमानमा आँच आउने काम गर्नु हुँदैन ।’ संविधान संशोधन भन्दा पनि पहिले संविधान कार्यान्वयनको पक्षमा सबै एक हुनु पर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित