देशभर १७५ संक्रमणमुक्त हुँदा थप ८१ जनामा कोरोना पुष्टी

Corona_Test

 

काठमाडौं । नेपालमा गत २४ घन्टामा थप ८१ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ३४४७ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १७५ जना संक्रमण मुक्त भएका छन् भने कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर कसैले पनि कोरोनाविरुद्धको खोप लगाएको रिपोर्ट प्राप्त भएको छैन ।

अहिलेको अवस्थामा नेपालमा १४८३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित