दार्चुलामा जिप दुर्घटना हुँदा १ को मृत्यु

accident

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो।

मार्माबाट अपिहिमाल मकरीगाड जाँदै गरेको जिप सडकबाट तल खसेको थियो। तिम्ला भन्ने ठाउँमा जिप दुर्घटनामा परेर अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा रहेका अरू ५ जना सामान्य घाइते छन्। जिपमा ९ जना थिए। ९ मध्ये ८ जना जिपबाट हामफालेर ज्यान जोगाएका छन्।

घाइतेको लटिनाथ स्वास्थ्य चौकीमा उपचार गरिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

जिपका ९ मध्ये ८ जनाले हामफालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताए। जिपसँगै भिरमा खसेका धामीको भने मृत्यु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित