राष्ट्रपतिको कदमविरुद्ध गठबन्धनको संयुक्त युवा संगठनले बुझायो ज्ञापनपत्र

CDO_Bhaktapur

भक्तपुर । विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेका कारण उक्त घटनालाई असंवैधानिक भन्दै नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालका साथै गठबन्धनका संयुक्त युवा संगठनहरुले देशभरका ७७ जिल्लामा ज्ञापनपत्र बुझाउने भएको छ ।

राष्ट्रपति भण्डारीको उक्त कार्यलाई असंवैधानिक ठहर गर्दै गठबन्धनमा रहेका संयुक्त युवा संगठनबाट भक्तपुरकी प्रमुख जिल्ला अधिकारीमार्फत् राष्ट्रपति कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउनका लागि गठबन्धनका युवा संगठनका भक्तपु जिल्ला अध्यक्षहरुले संयुक्त हस्ताक्षर गर्दै ज्ञापनपत्र बुझाएका हुन् । उक्त ज्ञापन पत्रमा नेपाल तरुण दलका जिल्ला अध्यक्ष राजु थापा, वाईसिएल नेपालका जिल्ला समिति अध्यक्ष सुमन दाहाल र युवा संघ नेपालका अध्यक्ष रञ्जन मोहन सैँजुले हस्ताक्ष गरेका छन् ।

ज्ञापनपत्रमा राष्ट्रपतिको जनविरोधी कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबुवाका सन्ताले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको र अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहीत सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूम मान्यतामा प्रहार भएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रको अन्त्यमा नेपालको संविधानको पूर्णपालना र संरक्षणका लागि पनि राष्ट्रपति समक्ष आग्रह गरिएको छ ।

उक्त अवसरमा वाईसिएल नेपालका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज नरेश रञ्जीत लगायत विभिन्न भातृ संगठनका नेताहरूको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्रः

gyapanpatra

प्रतिक्रिया

सम्बन्धित