३४ किलो सुन काण्डमा मुछिए यि खेलाडीहरु,जोगाउने खेलमा अाइजीपी ?

sunkandaकाठमाडौं । बहुचर्चित ३४ किलो तस्करीको सुन काण्डमा लहरो तान्दा पहरो गर्जने अवस्था देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिअाईवी) लाई अल्झाएर आफ्ना सहकर्मी जोगाउन प्रहरी संगठनका प्रमुखदेखि उच्च हाकिमहरु सक्रिय भएका छन् ।

 ब्युरोले बिहीबार बरामद गरेको करिब ३४ किलो अवैध सुन भारतीय समूहको सहयोगमा नेपाली ग्राहकका लागि पठाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यसरी नाम र ठेगाना खुलेका व्यक्तिको तार केलाउन नपाउँदै केही व्यक्तिलाई उभ्याएर घटना थामथुम पार्ने चलखेलमा प्रहरी मुख्यालय, अर्थ मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निजी सचिवालय सक्रिय भएको उच्च स्रोतको दाबी छ ।

 ब्युरोको टोलीले बिहीबार लगेज लिएर विमानस्थल बाहिर आएका बाँकेका गोपालबहादुर शाही र लगेज रिसिभ गर्न बसेका दिलबन्धु थापा र सन्तोष काफ्लेलाई पक्राउ मात्र गरेन, संगठित अपराधमा म्याद लिएर अनुसन्धान थालेको छ । शुक्रबार बिहान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल ब्युरो पुगेका थिए । त्यसभन्दा एक कदमअघि गृह मन्त्रालय निस्कियो । गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षा निकायका प्रमुखलाई डाँकेर नाइके पक्रन निर्देशन दिए र जिम्मेवारी आफूले चाहेको व्यक्तिलाई दिएर अनुसन्धान समिति बनाउने रणनीति बनाएका अर्याललाई माइनस गर्दै निधिले अनुसन्धानको जिम्मेवारी ब्युरोलाई दिए ।

 अब प्रश्न हो, पक्राउ पर्लान् त नाइके रुप्रहरी उच्चस्रोतका अनुसार महानिरीक्षक अर्यालका रुममेट तथा पूर्वडीआईजी गोपाल भण्डारी, संगठनमा ‘माइलो भाइ’ भनिने एआईजी विज्ञानराज शर्मा र त्यसपछिका विवादास्पद डीआईजी विजयलाल कायस्थ लगायतका सबैको सुन तस्करीका माफियासँग राम्रै हिमचिम थियो र हालसम्म पनि छ । यस्तै, पूर्वएआईजीहरु कल्याणकुमार तिमल्सिना ,नवराज ढकाल , कुमार कोइराला र पूर्वडीआईजी केशव अधिकारी सुन तस्करीका नाइकेको विवाहदेखि पास्नीसम्मका भोजमा देखिन्छन् । यस्तो अवस्थामा प्रहरीको नाइके खोज्ने अभियान प्रभावित हुने देखिएको हो ।

लोकमान शक्तिमा पुगेसँगै सुन तस्करीले संगठित कारोबारको रुप लिएको हो । अख्तियारको सामान भन्ने थेगोले सुन भन्ने देखाउन थालेको कार्यकालमा विमानस्थल बसेका डीआईजी कायस्थले तस्करी रोक्नेभन्दा मलजल गरेका थिए ।

 हाल महानिरीक्षक अर्याल निकट रहेर मुख्यालयमा रहेका कायस्थका पार्टनर त्रिभुवन विमानस्थलका पसल ठेकेदार सुवास श्रेष्ठ, पूर्वएआईजी ढकालका पवन सरिया र मोहन अग्रवाल तथा विज्ञानराज शर्माका खास व्यक्ति दीपक मल्होत्रालाई पक्रनबाट बचाउनकै लागि मुख्यालयमा बनेको योजना भताभुङ्ग हुने देखिएको छ ।

सुन तस्करीका नाइके खोज्न पक्राउ परेका अभियुक्तलाई राजस्वमा नबुझाएको ब्युरोले ३४ किलो सुनका मालिक खोज्ला रु यतिबेला धेरैको चासोको विषय यही भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नै शैलीमा सुरु गरेको अनुसन्धानमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सहयोग गरेका हुन् कि भाजो हाले रु यो पनि अहिले बजारको तातो आलु भएको छ ।

प्रहरीले बिहीबार विमानस्थलको भन्सारबाट भित्रिएको सुन समाएलगत्तै धेरैले आँकलन गरे ‘सुन दीपक मल्होत्राको त होला र?’ भनेपछि काठमाडौंका जनजनले थाहा पाएको कुरो रहेछ, सुन तस्करीमा मोबाइल व्यापारी मल्होत्राको साम्राज्य । त्यसपछि एकाएक हल्ला चलाइयो ‘दीपक मल्होत्रा, एआईजी विज्ञानराज शर्माका भाइ दयाराज शर्मा र हुण्डी कारोबारी पवन सरियाको सुन होइन रे । आखिर सुन हो कसको रु

स्रोतका अनुसार यसपटकको सुन काभ्रेका एक मोटरपार्टस् व्यापारीको लगानीमा भित्रिएको हो । यसमा एक मिडिया हाउसका मालिक र केही ठेकेदारको समेत संलग्नता हुनसक्ने आशंका गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले विदेशबाट आएको सूचनाका आधारमा बरामद गरेको करिब ३४ किलो सुनका मालिक खोज्न ब्युरोको टोली नाकानाकामा खटिएको छ ।

 ब्युरोका एसपी मीरा चौधरीको कमाण्डमा ब्युरो टोलीको बिहीबारदेखि छापामारी भइरहेको छ । तर मालिक फेला पर्न सकेको छैन । परोस् पनि कसरी सुनको तस्करी भनेपछि वामदेव गौतम, लोकमानसिंह कार्की र अर्थमन्त्री कृष्णबहादुर महराको तार जोडिन्छ । यस्तोमा प्रहरी अनुसन्धानले सञ्जाल भत्काउनेभन्दा आफूनिकट तस्करका हितमा पक्राउ अभियान चलाउने योजना प्रहरी मुख्यालयभित्रै बुनिन थालेको हो ।

 कुनै समय सुन तस्करीमा कहलिएका बाँकेका मामराज अग्रवाल, हुण्डी, तस्करी र ठेक्कापट्टाले मौलाएका पवन सरिया, मोहन अग्रवाल, होटल ग्र्याण्डका मालिक गोयलकै योजना र सहयोगमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका शान्तराज सुवेदी, अख्तियारकै भक्त भएर विभागमा टिकेका शिशिरकुमार ढुङ्गाना र मोटो नजराना बुझाएर विमानस्थल भन्सार पुगेका नारायणप्रसाद सापकोटाको योजनासमेत अनुसन्धानलाई जतिसक्दो चाडो परिणाम शून्य बनाउनेछ ।

 यस्तो अवस्थामा सरकारको विपक्षमा उभिएर तस्कर समाउने जिम्मा पाएको प्रहरीले अनुसन्धानका नाममा केही अधिकारीको फेरबदल र आफूनिकटलाई अवसर नबनाओस्, सर्वसाधारण हेरेर बसेका छन् ।  सुशासन न्युजमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित