आफ्नै घरमा काम गर्ने किशाेरीमाथि बलात्कार आरोपमा एक पक्राउ

arrest

भक्तपुर । आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।

बैतडी सिगास गाँउपालिका-५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दलाई बलात्कार आराेपमा प्रहरीले  पक्राउ गरेकाे हाे ।

आफ्नै घरमा काम गर्ने १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको उनलेजनाए । पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित