सुन तस्करी प्रकरण : २९ कर्मचारी पदमुक्त, अाइजीपीलाई ठुलो धक्का

sunnewकाठमाडौं । भन्सार बिभागले ३४ किलो सुन भित्रिएको समयमा  भन्सारको ड्युटीमा रहेका २९ जना कर्मचारीलाई जिम्मेवारीबाट मुक्त गरेको छ ।  विमानस्थल भन्सारबाट ३४ किलो अवैध सुन भित्रिएको घटनाबारे छानबिन भैरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले  त्रिभुवन बिमानस्थलको भन्सार र सुरक्षा जाँच पार गरी बाहिर निस्कदै गर्दा ३४ किलो सुनसहित तीन जनालाई बिहीबार पक्राउ गरेको थियो ।

 सुन भित्रिँदाको समयमा काम गरिरहेका कार्यालय सहयोगीदेखि उपसचिवसम्म कर्मचारीहरु पदमुक्त भएका हुन् । भन्सार विभागले  सुन प्रकरणको छानविन गर्न उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ   । बिहीवार एयर अरेबियाको जहाजमार्फत् साउदी अरेबियाबाट ल्याइएको ३४ किलो सुनसहित नेपालगञ्जका गोपाल शाही, दिलबहादुर थापा र सन्तोष काफ्ले पक्राउ परेका थिए । तोपानी नकाकाबाट तस्करी भएर आउने सुन पटक–पटक बरामद हुन्छ ।

 तर, एयरपोर्टबाट तस्करी भएर आउने सुन  बरामद हुँदैन । एयरपोर्टमा बरामद हुने सुन सिधैं प्रहरीको घरमा पुग्ने गरेको प्रमाण  डिआईजी बिजयलाल कायस्थका पालामा खुलेको थियो । एयरपोर्ट प्रहरीका तत्कालिन प्रमुख डिआईजी कायस्थले बरामद गरेको ३० किलो सुन गायब बनाएको घटना पनि अहिले ताजै छ । कायस्थ एयरपोर्ट छँदा रुपन्देही घर भएका ३५ बबर्षका  मदन खड्कालाई विमानस्थल प्रहरीले पक्राउ गरेको थियो । फ्लाई दुबईको बिमानमा आएका उनलाई लगेज ह्यान्ड क्यारीमा पक्राउ गरिएको थियो । झोलामा फल्स बटम बनाई ३० किलो अबैध सुन लिएर आएका थिए ।

 अध्यागमन चेकजांच  पास भएर केहि अगाडी बढ्दा बिमानस्थल सुरक्षा  प्रमुख रहेका डिआइजी कायस्थले सादा पोशाकमा परिचालन गरेका एक श्रेष्ठ थरका जुनियर प्रहरी अधिकृतले उनलाई पक्राउ गरेका थिए । तर, त्यो घटना गुपचुप बनाइएको थियो । त्यतिबेला ३० किलो सुन पनि गायब भयो र खड्कालाई पनि उन्मुक्ति दिइएको थियो।

 अर्कोतिर सुन तस्करी रोक्न अाइजीपी उपेन्द्रकान्त अर्याल नै उदासिन देखिदै आएका छन् । अर्यालले चेन अफ कमाण्डमा कमजोर र  बद्ननाम डिआईजी कायस्थलाई जति उजुरी परे पनि १६ महिना सम्म एयरपोर्टमै राज गर्न दिएका थिए।

 अहिले त्यसैको परिणाम देखिएको एक प्रहरी अधिकारीले बताए ।   बिहीवारको घटनाले अर्याललाई ठुलो धक्का दिएको छ । किनकी, सुन तस्करीमा बिगतदेखी नै मुछिदै आएका दिपक मलहोत्रा,डिआईजी कायस्थ, दया शर्मालाई  उनले छानविनको दायरामा ल्याउन नदिएको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित