आज देशैभर आंशिक बदली, भोली हल्का वर्षाको सम्भावना

mausam_fani

 

काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ । 

तर, मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ । आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आंकलन महाशाखाले गरेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने वर्षा हुनेसक्ने देखिएको छ ।
शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित