एमालेको शक्ति प्रदर्शनले काठमाडौं अस्तव्यस्त

yamaleकाठमाडौं : नेकपा एमालेसहितका ९ विपक्षी दलको शक्ति प्रदर्श राजधानी काठमाडौंमा सुरू भएको छ। दिउसो १ बजेदेखि उपत्यकाका ४० स्थानबाट र्‍याली निकाल्ने पूर्व योजना अनुसार नै र्‍यालीहरू सुरू भएका छन्। सबै र्‍यालीको जमघट रत्नपार्कमा हुनेछ। रत्नपार्कमा जुट्ने मुल र्‍यालीको अगुवाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। अन्य ८ दलका पार्टी अध्यक्ष र एमालेका वरिष्ठ नेताहरु पनि रत्नपार्कबाटै मुल र्‍यालीमा सहभागी हुनेछन्। प्रदर्शनी मार्गमा हुने सभामा एमाले अध्यक्ष ओली सहितअन्य ८ दलका अध्यक्षहरुले सम्बोधन गर्नेछन्। नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, नेपास् राष्ट्रिय पार्टी र मधेस समता पार्टीका अध्यक्षले सम्बोधन गर्ने छन्। एमालेबाट अध्यक्ष ओलीले मात्र सम्बोधन गर्नेछन्। र्‍याली र सभाको पूर्व तयारी र जमघटका कारण उपत्यकाको ट्राफिक व्यवस्था विहान ११ बजेदेखि नै अस्थव्यस्त बनेको छ। एकलाख बढि कार्यकर्ता सडकमा उतार्ने योजना रहेको एमालेको दावी छ।

प्रतिक्रिया

सम्बन्धित