ड्रागन फल र कागती खेती, वार्षिक १२ लाखसम्म आम्दानी

Dragon fruit
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन्। उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताए।

सुख्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन्। दस वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन्। अहिले तीन सय वटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ।

आठ सय ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिए। त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहेका छन्। फलफूल खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताए।

ष्लखयतभअज
ुफलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु,ु उनले भने, ुवर्षमा बाह्र लाखसम्म आम्दानी हुन्छ। विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ।ु

नेपालले अहिले आफ्नो पुर्ख्यौली भूमिमा करिब १७ रोपनी क्षेत्रफलमा ड्रागन फल लगाएका छन्। ड्रागन फल रातो प्रतिकेजी पाँच सय र सेतो प्रतिकेजी चार सय रूपैयाँमा बिक्री हुने गरेको छ। त्यस्तै कागती फार्मबाट प्रति केजी एक सय रूपैयाँमा बिक्री हुने गरेको छ।

यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौं जाने गरेको छ। सडकको कारण बजारसम्म पुर्‍याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ। कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ।

प्रतिक्रिया

सम्बन्धित