फरारलाई नागरिकले भेट्छन्, प्रहरीले देख्दैन

 balkrishnaकाठमाडौं । सुरक्षा निकायले राजनीतिक ‘मौका’ कुर्दाकुर्दै सर्वस्वसहित जन्मकैद सजाय तोेकिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन । सर्वोच्च अदालत फैसला कार्यान्वय निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जवाफ ‘फरार’ भन्ने आयो । तर उनलाई सर्वसाधारण नागरिकले भेटिरहेका छन्, प्रहरीले भेट्न सकेको छैन ।

 ओखलढुंगाका व्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष पाँच महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढंगेललाई प्रहरी प्रशासनले फरारकै सूचीमा राखेको छ । तर काठमाडौंको कपन क्षेत्रमा उनी निर्धक्क डुलिरहेको प्रतक्ष्यदर्शी सर्वसाधारणले बताएका छन् । आजको नागरिक दैनिकमा समाचार छ । तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ता पुष्कर गौतम, ढंगेललगायत नौ जनाको समूहले २०५५ असार १० गते ओखलढंगा तारकेराबारीका उज्जन श्रेष्ठलाई गोली हानी हत्या गरेको थियो ।व्यक्तिगत रिसका आधारमा श्रेष्ठलाई उनीहरुले सुराकीका आधारमा गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित