लेक लागेर श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

Lek
लमजुङ ।
दसैँको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी ९४,८०० मि घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सँगै गएका ५ जनामध्ये ३ जना भेडीगोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन । लमजुङको बेँसीसहर नगरपालिका १०, साँधुका २६ वर्षीय बुद्ध तामाङ अर्थात् दयासागर योञ्जनको मृत्यु भएको हो । उनीसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन छन् ।

उनीहरूको खोजी कार्यमा जुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये एक जनाको श्रीमानको मृत्यु भएको र श्रीमती बेखबर बनेको अन्य ३ जनाले बताएका छन् । शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करिब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको विकले बताए ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मेमे पोखरी घुम्न गएका युवकलाई लेक लागेको जानकारी आएपछि प्रहरीलाई खबर गरेको र टाप गाउँका युवाहरूलाई उद्धारका लागि पठाएको बताए । लमजुङ सदरमुकाम बेँसीसहरबाट बराहपोखरी पुग्न ३ दिन लाग्छ । यसका लागि १ दिनमा बराहपोखरी पुग्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित