थाहा पाउनुहोस् आजको तपाईको राशिफल

MYnews_Rasifal
आजको पात्र : २२ असोज शनिवार, २०७९ । तद्नुसार अक्टुबर महिनाको ८ तारिक २०२२ । आश्विन शुक्ल चतुर्दशी, गर करण, पूर्वभाद्रपदा नक्षत्र, बृद्धि योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः०० बजे र सूर्यास्त ५ः४४ मा रहेको छ । आजको देवता सूर्य र ग्रहदेव बुध रहेको छ । शनिबारको दिन संकटा दर्शन र पिपलको बृक्षमा जल अभिषेक गर्नु उत्तम हुनेछ । शनिवारको दिन शनिको उपास्ना गर्नु राम्रो हुनेछ । पूर्व दिशा तर्फको यात्रा शुभ हुनेछ । चतुर्दशी तिथि भएकाले आजको दिन कुनै शुभ कार्य गर्दा सफलता प्राप्त गर्न कठिनाइ हुनेछ ।

आजको राशिफल :
मेष :नयाँ रोजगारीको क्षेत्रमा सफलता मिल्न सक्नेछ । व्यापार ब्यवसायबाट लाभ प्राप्त हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । स्त्री जातिबाट प्राप्त हुने सहयोगले तपाईको योजना सफल हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । आजको दिन कसैसँग विवाद हुने कुरा नगर्नुहोला ।

वृष : आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश हुनु पर्नेछ । तपाईको सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आजको दैनिक कार्यमा सफलता मिल्नेछ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्नुहोला ।

 मिथुन : मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला ।

कर्कट :मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ ।

सिंह : आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । मनमा खुसियाली छाउनेछ ।

कन्या : आजदेखि हप्ताभित्र मनमा चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । घरका महिला सदस्यलाई उपहार दिनु राम्रो हुनेछ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला ।

तुला : तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नुहोला।

वृश्चिक : पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता थपिन सक्छ । यात्राको अवसर र संभावना पनि छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । अनावश्यक खर्च हुने संभावना बढी छ ।

धनु : आजको दिन आकस्मिक धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । अनावश्यक यात्राले समय, धन खर्च र मनमा चिन्ता मात्र बढ्ने छ ।

मकर : तपाईले गरेको कामबाट सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन सरस्वतीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला ।

कुम्भ : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ग्रहहरु बलवान भएका छन् । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। चन्द्रमा बलबान भएका बेला तपाईले सोचअनुसारको काम गर्दा सफलता प्राप्त हुन्छ ।

मीन : अध्यात्मिक कार्यमा लाग्नु होला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि भलो हुनेछ । साँझको समयमा देवालयमा पुगेर आरती सन्ध्यामा सहभागी हुँदा मनमा उमंग प्राप्त हुनेछ । देवालयको दर्शन नैंं तपाईको उर्जाको स्रोत हुनसक्छ । यात्राको अवसरमा भरपुर सदुपयोग गदै सूर्योदयपछि यात्रा गर्दा शुभ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित