सीआईबीले बरामद गरेको ३४ किलो सुन कसको ?

sunकाठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन बरामद गरेको छ । सुनसँगै तीन जना पक्राउ परेका छन् । युएईबाट नेपाल आएका युवकको साथबाट ३४ किलो सुन बरामद गरेको सिआईवीले जनाएको छ । ब्युरो प्रमुख डीआईजी नवराज सिलवालले एयर अरेवियाको जहाजबाट युएई हुँदै काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट सुन बरामद गरिएको जानकारी दिए । बरामद गरिएको सुनमा १० तोलाको दरमा २८२ पिस सुनका विस्कुट, १९ थान औंठी र २० थान सिक्रीजस्तै आकारका सुनका मालाहरु छन् । प्रहरीले यसको तौल ३४ किलो रहेको बताएको छ । विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सिआइबीको टोलीले सुनसहित बाँकेका गोपाल बहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाईलाई पक्राउ गरेको छ ।  रातभर सुनको लगेज राख्दा पनि एयरपोर्ट प्रहरीसँग सेटिङ नमिलेको सूचना सिआईवीले पाएपछि सुन बरामद गरेको हो । विमानस्थलमा रहेका उच्च प्रहरी अधिकृत र कर्मचारीहरुको सेटिङमा नै सुन तस्करी हुने गरेको छ । सुनका मालिक को हुन् भनेर खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ । तर, दया शर्मा, दिपक मल्होत्रा, नारायण पौडेललगायतको सेटिङमा सुन भित्रिएको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित