भक्तपुरमा कासिछ्वो स्वतन्त्र उम्मेदवार

Shreebhakta kashichow
भक्तपुर ।
ठूला राजनितिक दल प्रति आम मानिसको निरासाजनक बुझाई बिकाश भएसँगै जनताले स्वतन्त्र उम्मेदवारलाई विश्वास गर्ने आधार बढ्दै जाँदा यो स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उदय भएको छ । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या पनि निकै छ । त्यसै क्रममा भक्तपुरमा सफल ब्यबसायी एबम् समाज सेवी श्रीभक्त कासिछ्वाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कासिछ्वाले प्रदेश तर्पm भक्तपुर जिल्ला क्षेत्र नं १ ,चागुनारायण क बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् ।

कोरोना माहामारीका कारण कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको बेलामा राहत प्याकेज बनाएर राहतको ब्यबस्थापामा लागेका कासिछ्वाले सोहि बेला गठ्ठाघर चोकमा मेस सन्चालन गरी दैनिक हजार जना भन्दा बढिलाई खाना खुवाएका थिए । राष्ट्रीय खेलकूद परिषद भक्तपुर निवर्तमान अध्यक्ष समेत रहेका कासिछ्वाले चागुनारायण नगरपालिकामा रग्बी मल्टी प्रपोज रङ्गशाला र खेलकुद भवन निर्माणका लाग पहल समेत गरेको थिए ।

बागमती प्रदेश खेलकुद बिकास परिषद्को सदस्य समेत रहेका भक्तपुरका सफल ब्यबसायी एबम् समाजसेबीका रुपमा स्थापित कासिछ्वाले आप्mनो उम्मेदबारी सम्रग भक्तपुरको बिकाशका लागि रहेका बताउँदै भक्तपुरका जनताले आफुलाई जिताउने कुरामा आफु ढुक्क भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित