भक्तपुरमा एमाले प्रवेश गर्नेको लहर, कांग्रेस केन्द्रीय विभाग सदस्य देउजालाई ओलीले गरे स्वागत

1_emale Prabesh

भक्तपुर । निर्वाचनको मिति नजिकिएसँगै भक्तपुर जिल्लामा अन्य पार्टी छाडी नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस केन्द्रीय निर्माण व्यवसायी समन्वय विभाग सदस्य रामशरण देउजालाई माला लगाई एमाले प्रवेश गराएका छन् । त्यस्तै राप्रपा पूर्व जिल्ला सदस्य दिपक राना, कांग्रेस नेता दामोदर भट्टराई, नानु नेपालीका साथै नेकपा एकीकृत समाजवादी छाडी घर फर्किएका अर्जुन बस्नेत, उद्धव चौलागाईंलगायत करिब ३ दर्जन नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

ती सबै नवप्रवेशीलाई एमाले अध्यक्ष ओलीका साथै प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार एवं पूर्व मन्त्री महेश बस्नेतले संयुक्त रुपमा स्वागत गरेका थिए ।

उक्त अवसरमा नवप्रवेशी सबैलाई अध्यक्ष ओली र नेता बस्नेतले माला तथा अविर लगाई एमाले प्रवेश गराएका थिए । उक्त अवसरमा भक्तपुर एमालेका नेता तथा कार्यकर्ताको समेत बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित