बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Roshan--E2022-10-12-06-10-01
काठमाडौं ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–११ गोंगबु भण्डारी टोल बस्ने ३४ वर्षीय रोशन भण्डारी छन् । उनलाई २०७९ असोज २६ गते बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले गत असार १३ गते उनलाई बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, ५ लाख ५० हजार रूपैयाँ जरिवाना र २२ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टोखा नगरपालिका–११ गोंगबु भण्डारी टोलमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित