मनी चेन्जरका सञ्चालकमाथि गोली प्रहार

gunकाठमाडौं : अज्ञात समूहले गोली प्रहार गरी विराटनगरका एक मनि चेन्जर सञ्चालकलाई घाइते बनाई पाँच लाख लुटेका छन् । विराटनगर उपमहानगरपालिका १९ स्थित जोगबनी–विराटनगर सडक खण्डको पिपलचोकमा कृति मनी चेन्जरका सञ्चालक ४० वर्षीय बटेस साहमाथि सोमबार राति गोली प्रहार गरी लुटपाट भएको हो । प्रहरीका अनुसार को११प २३७४ नम्बर मोटरसाइकल चढेर जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेका साहमाथि दुईवटा मोटरसाइकलमा चढेर आएको समूहले गोली प्रहार गरेको थियो । घाइते साहको कोसी अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको दाहिने तिघ्रा र पाखुरामा गोली लागेको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्नहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित