ललितपुरको इमाडोलमा डाक्टर मृत फेला

Dead
ललितपुर
ललितपुरको इमाडोलमा एक जना डाक्टर मृत फेला परेकी छन्। महोत्तरी जलेश्वर नगरपालिका घर भई ललितपुर महालक्ष्मी नगरपालिका  इमाडोलस्थित डेरामा बस्दै आएकी डाक्टर सुस्मिता पाठक मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी मनोज लामाले जानकारी दिए । उनी सिभिल अस्पताल नयाँ बानेश्वरमा कार्यरत थिइन् ।

मंगलबार दिउँसो २ बजेसम्म पनि उनको कोठाको ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो। डिएसपी लामाका अनुसार कोठा भित्रबाटै चुकुल लगाइएको थियो। खबर आएपछि प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट प्रहरी परिचालन भएको थियो।

‘प्रहरी, जनप्रतिनिधि र आफन्तको रोहबरमा ढोका खोलिएको थियो। डाक्टर भुइँमा मृत फेला पर्नुभएको थियो,’ डिएसपी लामाले भने।


उनका अनुसार खाटमा औषधि भरिएको सिरिन्ज पनि फेला परेको थियो। यस्तै मृतकको दायाँ हातको हत्केलामा खाली सिरिन्ज थियो। उनको मोबाइलमा सिरिन्ज हान्दै गरेको भिडिओ पनि खिचेको फेला परेको छ। डेरामा कुनै सुसाइड नोट भने फेला नपरेको प्रहरीले जनाएको छ।

उनको शव पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको थियो। पोष्टमर्टमपछि शव मृतकको परिवारको जिम्मा लगाइसकेको परिसरले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित