युक्रेन युद्धले एसियाली अर्थतन्त्रमा अनिश्चितता

Ukraine-russia-teaser_57062802022-06-03-04-06-23
किभ ।

युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक शीर्ष अधिकारीले चेतावनी दिएका छन् ।

‘यदि तपाईले युक्रेन युद्धलाई हेर्नुु भयो भने त्यहाँ एकभन्दा बढी च्यानल छन् जसमार्फत यसले एसियालाई प्रभावित गरेको छ । अवश्य पनि एउटा गिर्दो बाह्य माग हो । एसियाको रुससँग धेरै बलियो व्यापार सम्बन्ध छैन् ।

तर, युरोपसँग एसियाली बजार सम्बन्ध धेरै उच्च छ । त्यो हदसम्म युरोप युक्रेन युद्धबाट प्रभावित छ । यसले एसियाली देशको बाह्य मागमा असर गर्छ’, आईएमएफको एसिया तथा प्रसान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले भने ।

युुद्धपछि खाद्यान्न तथा सामग्रीको मुुल्यमा वृद्धि भएको उनको भनाई छ । श्रीनिवासनका अनुसार व्यापार अनिश्चितता अर्को विषय हो ।

प्रतिक्रिया

सम्बन्धित