व्यवसायी श्रवण कुमारलाई रिक्रियसन इन्टरप्रिनियर अवार्ड

Sharawankumar
काठमाडौँ ।
दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’ अन्तर्गत नेपाली यूवा होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवण कुमार कुवरले रिक्रियसन इन्टरप्रिनियर अवार्ड हात पार्न सफल भएका छन ।

विगत तीन वर्ष देखि सिजन मिडिया प्रालिले प्रदान गर्दै अवार्डमा नेपालका कसवर सहित विभिन्न एशियन मुलुकका ३४ जनाले यस वर्षको प्रोफेसनल अवार्ड हात पार्न सफल भएका थिए । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’मा रिक्रियसन आन्टरपृनियर अवार्ड विधामा मनोरन्जन तथा रेष्टुरेष्ट व्यापारमा सफल युवा व्यवसायी कुवरले अवार्ड प्राप्त गर्न सफल भएका थिए ।

सिजन मिडियाको १४ औं स्थापना दिवसको अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा। रोबेट किट्टेल ९अमेरीकी० पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाको हातबाट प्रदान गरिएको थियो ।

सामाजिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा एशियन मुलका सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए । उक्त कार्यक्रममा वंगलदेशका वरिष्ठ पत्रकार तथा फोटोपत्रकार काजी रौनक हुसेनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरीएको थियो ।

भारतियद्धय दुवई शिक्षा मन्त्रालयमा कार्यरत रभिसंकर पाष्डे वेष्ट एजुकेशनल प्रोफेशनल अवार्ड र मानस कुमारलाई वेष्ट विजनेश लिडरसिप अवार्ड प्रदान गरिएको थियो ।

बंगलादेशका असिस्टेन्ट प्रोफेशर सल्मा अहमेदलाई कम्यूनिकेटीभ इडुकेटर अवार्ड,व्यवसायी तथा कार रेसर अफ्रिन रफी मोहमदलाई प्रमोसिङ आन्टरपृनियर अवार्ड, पाकिस्तानका वरिष्ठ फोटोपत्रकार महम्मद जांगिर खानलाई वेष्ट फोटोजर्नलिजम अवार्ड, इजरायली वरिष्ठ डिजिटल आर्टिष्ट वोज जोपरलाई कृयटिभ डिजिटल आटीष्ट अवार्ड, फिलिपिन्सका फोटोग्राफर इस्टानो प्यानललाई विइडिङ फोटोग्राफ अफ दि इएर, ट्राभलर तथा समाजसेवी मलिर्न नाडिरालाई ह्यूमेनीटिरियन अवार्ड र डा। क्रिस्टीना रोसालाई मष्ट इन्सपायरिङ मेडीकल प्रोफेशनल क्याटोगोरीम अवार्ड प्रदान गरिएको थियो ।

जसअन्तरगत नेपालीहरु पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाए भने पवन अधिकारीले मिडिया आन्टरपृनियर अवार्ड, नारायण पौडेल हस्पिटालिटि अवार्ड,जीवन घिमिरेले बेस्ट सिभिल इन्जिनियरिङ, प्रकाश लकान्द्रीले बेस्ट एजुकेसन अवार्ड, देबराज डंगोलले सोसल वर्कर, तेक्वान्दो कोच रमिला खत्रीले भर्शटायल स्पोर्ट प्रसंनालीटी अवार्ड पाएका हुन् ।

यस्तै, नेपाल वेष्ट स्कुल अवार्ड स्वतिश्री गुरुकुल आइ वि वल्ड स्कुललाई प्रदान गरिएको थियो भने, रोजिन शाक्यले आइकोनिकक फेसन कोरियोग्राफर, नेपाल भारत मैत्रि अस्पतालका सिइओ धर्मराज गोसाइ हस्पिटल एण्ड हेल्थ केयर मेनेजमेन्ट अवार्ड, विकाश खतिवडाले कमर्सियल फोटोग्राफर अवार्ड पाएका छ्न् ।

काभ्रेमा जन्मिएर उच्च शिक्षाको अध्ययनको लागि काठमाडौं प्रवेश गरेका र शुरुवातमा ७०० मा दुनोट पसलमा काम शुरु गर्नुभएका श्रवणकुमार कुँवर अहिले सफल पर्यटन एबं रेष्टुरेन्ट व्यवसायी छन् । शुरुमा दाइको रेष्टुरेन्टमा काम सिक्नुभएका श्रवण कुमार कुवर हाल आफ्नो लगानिमा राजधानीमा ४ वटा रेष्टुरेन्ट तथा रात्रिकालीक कल्व सन्चालन गरी सयौका सख्यामा युवाहरुलाई रोजगारी प्रदान गरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित