भक्तपुरमा कांग्रेस विद्यार्थी संगठन सभापति सहित नेताहरु एमाले प्रबेश

Yemale prabesh
भक्तपुर ।
भक्तपुरमा नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको मिती नजिकिएसँगै भक्तपुरमा अन्य पाटी परित्याग गरि एमालेमा प्रबेश गर्नेको संख्या बढ्दै गएको छ ।

त्यसैक्रममा आज कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ भक्तपुर जिल्ला क्षेत्र नं १ का सभापति प्रमोद राज सुवेदीसहित १५ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा सभापति सुवेदीसहित एलिस सुवेदी, सन्दिप नेपाल, उमेश तिम्सिना, सुरज तिम्सिना, अनिल भट्टराई, निक श्रेष्ठलगायतका १५ जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् । नबप्रबेसीहरुलाई आज बिशेष समारोह बिच नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले क्षेत्र नं. २ को प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले खादा तथा अविर लगाएर एमालेमा प्रबेश गराए ।

कार्यक्रममा एमाले भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, केन्द्रीय सदस्य गोविन्द प्रासद दुलाल, वागमती प्रदेश सदस्य राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, एमाले क्षेत्र नं। २ ‘क’ सूर्यविनायकका उम्मेदवार किरण थापा, ‘ख’ मध्यपुरका उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, एमाले सूर्यविनायक नगर अध्यक्ष रविन्द्र सापकोटा लगायतका एमाले नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित