हिमपातका कारण उत्तरी धादिङका भूकम्प पीडितको जनजीवन प्रभावित

d2काठमाडौं : धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट बस्तीमा असिनापानी र हिमपात  परेपछि स्थानीयबासी प्रभावित बनेका छन् । आइतबार दिउँसो असिना पानीपछि हिमपात सुरु भएको स्थानीयले बताएका छन्। उत्तरीका उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ, सेर्तुङ, रि, लापा, सत्यदेवी, झार्लाङ र दार्खाका माथिल्लो भेगमा ठूलो मात्रामा असिना परेको हो। तिप्लङको लिङ्जो, सेर्तुङको हिन्दुङ, रिको किचेत, गेम्बा, लापाको कचेत, तेम्मो, नेवेर लगायतका स्थानमा हिउँ परेको छ । हिउँ पर्न सुरु भएपछि ती बस्तीको संचार सेवा पनि अवरुद्ध बनेको छ । दार्खास्थित प्रहरीले वारिपारि सबै गाविसमा हिमपात भएको जानकारी दिएको छ । असिनाले खेतबारीमा लगाएको बाली नष्ट भएको छ भने करेसा बारीमा लगाएर सागपात पनि सखाप भएका छन्। भूकम्पपछि अस्थाई टहरा र त्रिपालमुनी बस्दै आएका उत्तरी धादिङको उच्च पहाडी भेगका स्थानीयको जनजिवन प्रभावित बनेको छ। भूकम्पले घर भत्केर टहरामा जीवनयापन गरिरहेकाहरु हिमपात भएपछि विचल्लीमा परेका छन् । उत्तरी क्षेत्रको वर्षात र हिउँले सदरमुकाम आसपासमा पनि चिसो बढेको छ । आइतबार दिनभर जस्तो घाम देखिएन।

प्रतिक्रिया

सम्बन्धित